
काठमाडौँ २० वैशाख | कलाकारहरू भुवन केसी, श्वेता खड्का र रवीन्द्र खड्का नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर कलाकारहरूले कांग्रेस प्रवेश गरेका हुन् ।
उनीलाई प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका हुन्। देउवाले उनीहरूलाई टीका लगाइदिएका थिए। उनीहरूसँगै कार्यक्रममा कांग्रेस नेतासमेत रहेका कलाकार नीर शाह पनि पुगेका थिए।
भुवन केसी यस अगी स्वागत नेपाल अध्यक्ष रहेको उन्नत प्रजतान्रिक जनता पार्टी बाट काठमाडौँ को मेयर पदमा उठ्ने हल्ला चलेपनि पछी फिर्ता भएको थियो |