
शैलुङ गाउँपालिका-३, भुरुंगामा जन्मिएका दावा दोर्जे लामा लामो समय देखि नेपाली कांग्रेसमा सक्रिय राजनीति गर्दै आउनु भएको छ | २०४६ सालको आन्दोलन होस् या २०६३ सालको आन्दोलन होस् दुवै आन्दोलनमा लामाले महत्व पूर्ण योगदान दिनु भएको छ | २०४६ सालको आन्दोलन मा सक्रिय रहदा ११ दिन जेल पर्नु भएका लामा २०६३ को जना आन्दोलनमा पनि १२ दिन जेल पर्नु भएको थियो |
राजनीति संगै समाज सेवामा पनि सक्रिय लामा कसैलाई अफ्ठेरो परेमा पनि सहयोगका लागि अग्रपंतिमा उभिनु हुन्छ | लामाले विभिन्न कारण पीडित भएकाहरूलाई सहयोग गर्दै आएका छन् । पछिल्लो समय स्थानीय निर्वाचनमा गठबन्धन बाट शैलुङ गाउपलिकाका लागि उपाध्यक्ष पदका उम्मेदवारी दिएका लामा देश व्यवस्था परिवर्तनका लागि योगदान दिए पनि अब भने आफ्नै जन्म थलो आफ्नै गाउँ ठाउँ लाई विभिन्न योजना सहित विकाश गर्न सक्रिय रुपमा लागेको बताउनु भयो |
उम्मेदवार लामाले नेपाली कांग्रेस दोलखाका क्षेत्रीय सभापति हुँदै जिल्ला कार्यसमिति सदस्यको जिम्मेवारी सम्हालिसकेका छन् ।