
काठमाडौँ, वैशाख १५ | नेपाली कांग्रेसकी युवा नेतृ रजनी थापाले टोखा नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएकी छन् । गत स्थानीय निर्वाचनमा उनी सोही नगरपालिकाको उपमेयरमा झिनो मतले पराजित भएकी थिइन् ।
सामाजिक कार्यमा समेत संलग्न रहेकी थापा चार विषयमा एमए, कानुनमा स्नातक र अन्तराष्ट्रिय सम्बन्धमा पीएचडी स्कलर समेत हुन् ।
‘देशलाई युवाको जोश र अग्रजको साथ चाहिएको बेला टोखा नगरलाई कसरी समृद्ध र स्वच्छ बनाउन सकिन्छ भन्ने सोचका साथ मैले उम्मेदवारी दिएकी हुँ ।’ उम्मेदवारी दर्ता गरेपछि थापाले भनिन् । देशभरि गठबन्धन गर्दा महिला उम्मेदवारको संख्या कम भइरहेको अवस्थामा टोखामा भने कांग्रेसले महिलालाई प्रमुख पदमा अघि सारेको हो ।