थाक्रे गाउँ पालिकामा नेकपा एमाले बाट अध्यक्ष पदको लागि २ जना उम्मेदार |

धादिङ, बैशाख १३ | धादिङ थाक्रे गाउँ पालिकामा नेकपा एमाले बाट अध्यक्ष पदको लागि २ जना उम्मेदारको उम्मेदवारी परेको छ | एमालेको तर्फबाट अध्यक्ष पदको लागि दोहोरो दर्ता भएको भन्दै नाराबाजी भए पछी तनाब सिर्जना भएको छ ।

पार्टीको पालिका अध्यक्ष समेत रहेका कृष्ण पन्त र निवर्तमान गाँउपालिका अध्यक्ष रामकुमार आचार्यले एउटै पदमा उम्मेद्धारी दिएपछि तनाव सिर्जना भएको हो । एमालेका कार्यकर्ताले थाक्रे निर्वाचन अधिकृतको कार्यालयमा कृष्ण पन्तको उम्मेद्धारीलाई बैधानिक गर्नुपर्ने मागसहित यतिबेला धर्ना र जुलुस गरिरहेका छन् ।