अखिल(क्रान्तिकारी)द्वारा ललितपुर जिल्लाकाे पहिलो बैठक सम्पन्न

अखिल(क्रान्तिकारी) ललितपुर जिल्लाकाे पहिलो बैठक इश्वर सिहं धामीकाे अध्यक्षतामा क्यारेवियन कलेज ललितपुरमा सम्पन्न भएको छ । बैठक अखिल(क्रान्तिकारी) काे केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेलकाे प्रमुख आतिथ्यतामा संचालन भएको थियाे।

बैठकमा अखिल(क्रान्तिकारी)को केन्द्रिय उपाध्यक्ष एवम् तीन नम्वर परदेश संयाेजक शीलु न्यौपाने , नेकपा (क्रान्तिकारी माओवादी) ललितपुर जिल्लाका सेक्रेटरी श्याम के.सी,काे पनि उपस्थिति  रहेको थियाे। बैठकमा अखिल (अध्यक्ष) हरिकृष्ण गजुरेलले ललिपपुर जिल्ला अखिल(क्रान्तिकारी) काे किल्ला बनाउन जिल्ला कृयाशिल बन्नु पर्ने र त्यसका लागि अध्यान अनुसन्धानमा क्रान्तिकारी नेता साथीहरु सक्रियता, जुझारकता साथ पहल कदमि लिएर अगि बढ्नु  बताउनुभयाे।

उहाले शिक्षामा बढ्दै  गएको निजिकरण र व्यापारिकरणले शिक्षामा खाडल निर्माण गरेको हुदा यस लाई  अखिल(क्रान्तिकारी) का नेता साथीहरु दृढतापूर्वक लाग्नुपर्ने र दलाली कारण  अन्त्य  गर्नु पर्ने  बताउनु भयाे। बैठकमा उपाध्यक्ष शीलु न्याैपानेले ललितपुर जिल्लामा शैक्षिकका तमाम समस्यहरुकाे हल भष्ट्र, दलाल, राष्ट्रघातीहरबाट सम्भव नभएको हुदाँ जनताहरुका सवै असल छोरा छोरीलाइ अखिल(क्रान्तिकारी) मा अावद्ध गर्दै शासकहरु विरुद लडदै शिक्षालाइ वैग्यानिक, प्राविधि, राेजगार मुखि बनाउदै आफ्नै  देशमा सम्भाबनाहरु सृजना गर्दै लानु  पर्ने बताउनु भयो |

बैठकमा जिल्ला अध्यक्ष इश्वर सिहं साउदले अखिल (क्रान्तिकारी) लाइ स्थापित गर्न जिल्ला कमिटिका साथीहरुले सहयाेग गर्दै विकृति विरुद लड्न साथीहरुले सहयाेग गर्नु पर्ने बताउनु भयो । बैठकमा जिल्ला उपाध्यक्ष विष्नु महजनले जिल्लाका अनुभुति राख्नु  भएको थियो भने बैठक जिल्ला सचिव लालसिहले संचालन गरेको जानकारी अखिर(क्रान्तिकरी)काे उपाध्यक्ष शीलु न्याैपानेले जानकारी दिनु भयाे।