
शैलुङ वैशाख ८ | दोलखा शैलुङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रबाट जनयुद्धका घाइते रिमालबाबु श्रेष्ठ सर्वसम्मत सिफारिस भएका छन् । नेकपा (माओवादी केन्द्र) शैलुङ्ग गाउँपालिका समितिको बैठकले उनलाई सर्वसम्मत सिफारिस गरेको हो ।
श्रेष्ठ माओवादी केन्द्रको बागमती प्रदेश कमिटी सदस्य हुन् | जनयुद्धको क्रममा हातमा गोली लागेका श्रेष्ठ शैलुङ क्षेत्रमा निकै लोकप्रिय नेताको रुपमा परिचित छन् ।