नेकपा( क्रान्तिकारी माओवादी ) निकट अखिल(क्रान्तिकारी) द्वारा सानाेठिमी क्याम्पस भक्तपुरमा निर्वाचन बहिष्कार अभियान संचालन |

काठमाडौँ | वैशाख  ८ | नेकपा( क्रान्तिकारी माओवादी ) निकट अखिल(क्रान्तिकारी) द्वारा सानाेठिमी क्याम्पस भक्तपुरमा ” स्थनीय निर्वाचन बहिष्कार गराैं!वैज्ञानिक र जनवादी शिक्षाका लागि संधर्ष गराैं!!” भन्ने मुख्य नारा सहित अखिल(क्रान्तिकारी)द्वारा राष्ट्रघात गर्ने दलाल,तस्करी, राजनीति र चुनावको नाममा सिंहदरबारको भष्ट्राचार गाउँ गाँउमा पुराउने लेन्डुपेहरू लाई सशक्त बहिष्कार गर्न विधार्थीहरूलाइ अपिल गर्नु भयो ।

युक्त क्रार्यक्रमा अखिल(क्रान्तिकारी)को केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेलले राष्ट्रघाती MCC सम्झैता पारित गरी सत्तापक्ष र प्रतिपक्ष दुबैले डलरका लागि देश बेचेर नेपाली नागरिकहरु लाई सरनाथी बनाएको आरोप लगाउनु भयो । साथै ७० लाखभन्दा बढी युवा र विधार्थीहरु राेजगार र अध्ययन गर्न बाहिर जानु पर्ने बाध्यकारी स्थिति सिर्जना गरेको र ५० लाख युवा स्वदेशमै वेराेजगरी प्रताडित रहेको बताउनुभयाे।

कार्यक्रममा क्रान्तिकारी माओवादीका जिल्ला इन्चार्ज सोमान सिहं तामाङ्ग, अखिल (क्रान्तिकारी) केन्दीय उपाध्यक्ष शीलु न्याैपाने, केन्द्रीय सचिब राम वहादुर तिरुवा समेतकाे उपस्थिति रहेकाे थियाे। उक्त अभियानले टिना सुवाललाइ संयाेजक मा चयन गरेको छ ।