
शैलुङ, बैशाख ७ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै गाउँपालिका तथा नगरपालिकाका प्रमुखहरुले आफ्नो कार्यकालमा गरेका कामहरुको विवरण सार्वजनिक गर्न थालेका छन् । सोही क्रममा दोलखा जिल्लाको शैलुङमा गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलालले पनि आफ्नो कार्यकालमा भएको काम हरुको बिवरण सामाजिक संजालमा सार्बजनिक गरेको छ |
शैलुङमा गाउँपालिकामा ६० करोडको लागतमा सडक निर्माण कार्य सम्पन्न भईसकेको , मुडेदेखि ढुङ्गेसम्म ५० करोडको लागतमा सडकको निमार्ण कार्य भईरहेको , शैलुङ गाउँपालिकामा चक्रपथ लगायत अन्य महत्त्वपूर्ण १५० किलोमिटर सडकको डिपिआर सहित कच्ची ट्रयाक खुलेको ,कालापानी ८ मा करिब २० करोडको लागातमा अन्तर्राष्ट्रिय उच्च उचाइ तालिम केन्द्र तथा अनुसन्धान केन्द्रको शिलान्यास गरिएको,गाउँपालिकामा ५ वटा मोटरेवल पुलको निर्माण र संगै १ दर्जन झोलुङ्गे र ट्रष्ट पुल साथै थुप्रै साना फड्ने साघु पनि निर्माण कार्य भएको,स्थानीय जनताको सुरक्षाको लागि दुई वटा प्रहरी चौकीको पक्की भवन निर्माण भएको दुलालले जानकारी दिए ।
साथै १७ वटा खानेपानी आयोजनाको डिपिआर सहित १५ वटा खानेपानी आयोजनाहरु निर्माण सम्पन्न भएको , १ हजार घरमा १ घर १ धारा निर्माण कार्य सम्पन्न र १२ सय खानेपानीका ट्यांकी वितरण गरिएको र १ लाख मिटर भन्दा बढी पाइप अस्थायी रुपमा खानेपानी व्यवस्थापनका लागि वितरण गरिएको अध्यक्ष दुलाल ले बताए ।
त्यसै गरी खेलकुद, शिक्षा तथा स्वास्थ्य क्षेत्रको बिकाशको लागि गाउँपालिकामा दोलखा जिल्लाकै ठुलो खेलमैदान सहित १७ वटा खेलमैदानहरु निर्माण गरिएको, बृद्धाआश्रम निर्माण, सामाजिक सुरक्षा र समावेशीकरणका क्षेत्रमा पनि लगानी गरिएको , ३३ वटा विद्यालय भवन, ३ वटा प्राविधिक विद्यालय स्थापना, १ वटा नमुना माध्यमिक विद्यालय, शिक्षा तथा स्वास्थ्य क्षेत्र व्यवस्थापन कार्यालय, १२ वटा स्वास्थ्य संस्थाहरु, ८ वटा वडा कार्यालयहरु सहित गाउँ गाउँमा अप्टिकल फाइबर सहितको इन्टरनेट सेवा, १० गाउँपालिका र ५ वटा वडा कार्यालय भवन निर्माण, सीप विकास तालिम कृषि, पशुपंक्षी र साना घरेलु उद्योग स्थापना भएको अध्यक्ष दुलालले जानकारी दिए ।
यी काम हरु बाहेक आफुले गर्नु पर्ने बिकाशका कामहरु अरु पनि धेरै रहेको र आफुले निष्ठा पुर्वक गएको ५ वर्ष काम गरेकाले केहि काम अपुरो रहेको र त्यसलाई पुरा गर्न भए पनि आफुले फेरी एक पटक उम्मेदारी दिएको अध्यक्ष दुलालले बताउनु भयो |