काठमाडौँ वैशाक ५ | नेकपा (क्रान्तिकारी माओवादी ) निकट अखिल (क्रान्तिकारी) ललिलपुर जिल्ला भेला भव्य रुपमा पाटन संयुक्त क्याम्पस, ललिलपुर जिल्लामा नेकपा (क्रान्तिकारी माओवादी )का स्थाई समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक माेर्चाका केन्दिय अध्यक्ष सी.पि गजुरेलकाे प्रमुख अातिथ्यतामा र अखिल ( क्रान्तिकारी ) का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलकाे विशेष अातिथ्यतामा भव्य रुपमा सम्पन्न भएकाे छ ।
उक्त भेलामा देजमाे नेपालका अध्यक्ष नेता सी.पि गजुरेलले विधार्थी तप्काहरु चुप लागि बस्न नहुने यसका लागि संगठित हुँदै संधर्षहरुमा विधार्थीहरु राष्ट्रियता, जनजीविका तमाम समस्यहरु लाई सचेत तरिकाले उठान गर्दै अान्दाेलन चर्काउदै दलाल, माफिया विरुद्ध अान्दाेलनकाे नेतृत्व गर्न विधार्थीहरु अग्रिम माेर्चामा लाग्नु पर्ने बताउनु भयाे।

यस्तै अखिल(क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुलेलले, सम्पूर्ण विधार्थीहरुले शैक्षिक क्षेत्रमा देखिएका तमाम विकृति विरुद्ध अखिल(क्रान्तिकारी) हरुले सारा विधार्थीहरुकाे नेतृत्व गरेर प्रत्येक स्कुल,क्याम्पसहरुमा हटाउनु पर्ने बताउनु भयाे। साथै शिक्षा क्षेत्र माफियाहरुकाे कव्जामा रहेकाे समय सम्म जनताका छाेराछाेरीहरुकने भविष्य सुनिश्चित नहुने भएकाेले यसका विरुद्ध लड्न तयार हनुपर्ने कताउनु भयाे।
उक्त भेला बाट ईश्वर सिंह साउदकाे अध्यक्षतामा २९ सदस्य जिल्ला कमिटि निर्माण भएकाे छ। भेलाले उपाध्यक्षमा विष्णु महर्जन र देवेन्द्र धामी, सचिवमा लालसिंह धामी, सहसचिवमा , काेषाध्यक्षमा सृष्टि कुवर र सहकाेषाध्यक्षमा भरत राेकालाई निर्वाचित गरेकाे छ। उक्त भेलाकाे प्यानल प्रस्थाप अखिल(क्रान्तिकारी) काे केन्द्रीय उपाध्यक्ष शीलु न्याैपानेले गर्नु भएकाे थियाे भने, निर्वाचित जिल्ला कमिटिलाई अखिल(क्रान्तिकारी) का केन्द्रीय सचिव राम तिरुवा ,प्राध्यापक संगठनका केन्द्रीय सदस्य चिदान्द यादव र ललितपुर महानगरकाे ईन्चार्ज निरन तुलाधरले शुभकामना दिनुभएकाे थियाे।।

ने.क.पा (क्रान्तिकारी माअाेवादी) ललितपुर जिल्ला सेक्रेटरी स्याम के.सि ले युवा विधार्थीहरु सचेत रहदै अान्दोलन र संघर्सका क्रयाक्र्महरु बढाउनु पर्ने बताउनु भयाे। उक्त भेला मा अखिल(क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष शीलु न्याैपाने, महासचिव पेसल दाहाल, सचिव राम तिरुवा, प्रभात भट्टराई , नेकपा क्रान्तिकारी माअाेवादिका जिल्ला ईन्चार्ज कगेन्द्र महर्जन, जनस्वास्थ्य केन्द्रित संयाेजक ईन्दिरा अधिकारी, विगेसाे का अध्यक्ष पदम लिम्बू, प्राध्यापक संगठनका केन्द्रीय सदस्य चिदानन्द यादव, लगायत स्थानिय नेता र अखिल( क्रान्तिकारी) का केन्द्रीय स्थरका नेता हरुकाे समेत उपस्थिति रहेकाे थियाे।
