गायिका निर्माला घिसिङको पिंगाई माया !!!

काठमाडौँ वैशाक ४ | मौलिक तामाङ शब्दले भरिएको प्रेम कहानीमा आधारित “पिंगाई माया” गितको म्युजिक भिडियो सर्बजनिक भएको छ। नयाँ सालको अवसर पारेर गायिकाले उक्त गितको म्युजिक भिडियो आफ्नै अफिसियल च्यानल “Nirmala Ghising” बाट सार्वजनिक गरेकी हुन्  l

सुरिलो, सुमधुर स्वरकी खानी गायिकाले निकै यथार्थ प्रेम, परिघटनमा रहेर पिंगाई मायाको सृजना गरि सुन्दर शब्दहरु निर्माण गरिएकी छिन, यस शब्दलाई मल्टि ट्यालेन्ट अनिश योन्जन “च्याङ्बा” ले मेहनतका साथ संगीत भरेका छन भने ती सुन्दर शब्दमा संगीतकार र गायिका दुबैले मीठो शब्द दिएका छन । सुन्दर लामाको एरेन्जर र प्रकाश मिस्रको मिक्सिङ मास्टर रहेको यो गित त्रिताल स्टुडियो बाट रेकर्डिङ भएको हो ।

रामेछापको केही सुन्दर सुनपाती गाउँ पालिका, बेथान, डाहु र काठमाडौको सेतो “white” गुम्बा आसपासमा छायांकन गरिएको यस गितको भिडियोमा तामाङ सामुदायको हस्ती तथा नेपाली कला स्थानमा चर्चित रहेको बुद्दी तामाङ र अहिले सेलो जगतमा आफ्नो स्थान जमाउन सफल भएकी लोकप्रिय मोडेल निरन्जाली तामाङको आकर्षक अभिनयले यो भिडियो समग्रमा निकै राम्रो देखिन्छ ।

तामाङ मौलिक शब्द पिंगाई माया भन्नले तामाङ भाषामा छोरी चेलीलाई सोझी, सिधा, इमान्दार र मायालु को रुपमा दिएको उपनाम बुझिन्छ । तसर्थ यस भिडियोमा एउटा मजदुर ग्रामीण इलाकामा श्रम खर्चिरहेको र सोही इलाकामा एक नव युवाती बिचको एक वास्तविक प्रेम कहानी बिचमा रहेको यथार्थ घटनालाई दृश्यमा समेटनु सच्चिकै महत्व का साथ राजु स्याङतानले यो कथाको आधार प्रारम्भ गरिएको देखिन्छ । यस भिडियोलाई सुन्दर सफल फ्रेम भित्र आटाउन निर्देशक अजय स्याङतानले खेलेको निर्देशक भुमिका सम्मानजनक रहेको पाइन्छ ।

चक्र महर्जन र बिक्रम मोक्तान को छायांकनमा म्रीगेन्द्र महर्जनले ड्रोन उडाएका छन ।

” पिंगाई माया “ गितको म्युजिक भिडियो 👇️👇️👇️