बझाङ, वैशाक ४ -नेकपा एमाले बुङ्गल नगर कमिटिले आसन्न स्थानिय निर्वाचन का लागि नगर प्रमुख मा युबा नेता तथा युबा संघ नेपाल बझाङ जिल्ला इन्चार्ज लोकेश सिंहको उम्मेदवारी सिफारिस गरेको छ ।
शनिबार बुङ्गल नगरपालिकाको बिजगडामा बसेको नगर कमिटिको बैठकले नगर प्रमुख पदमा सिंह सङ्गै अरु ३ जनाको नाम सिफारिस गरेको हो ।
नेकपा एमाले बुङ्गल नगर कमिटिको आयोजनामा बसेको नगर कमिटीको बैठकले आफ्नो नाम सिफारिस गरे सङ्गै आफु मेयर पदमा निर्वाचित भए तलब भत्ता बाफत एक रुपैया पनि नलिने प्रतिबद्धता गर्नु भएको छ ।
नगर कमिटीको बैठकमा आफ्नो उम्मेदवारी घोषणा गर्ने क्रममा “मेरो उम्मेदवारी किन र मेरो प्रतिबद्धता के हो ?” भन्ने बिषयमा बोल्दै युबा नेता सिंहले आफु मेयर पदमा निर्वाचित भए राज्यबाट आफुले पाउने सेवा सुबिधा सङ्गै तलब भत्ता बापत पाउने रकम एक रुपैया पनि नलिने प्रतिबद्धता गर्नु भएको हो ।
यस बिषयमा बोल्दै सिंहले भन्नु भयो -” मैले अबसर मात्र खोजेको हो सबै मिल्यो भने परिवर्तन सम्भव हुन्छ साथ दिनुहोस केहि फरक गरेर देखाउछु ” जनताको दुख को कमाई बाट आएको करमा मोज मस्ति गर्ने भ्रष्टहरुको अन्त गर्ने समय आएको छ ।समयको कालखण्डमा भ्रष्टहरुको अन्त हुन जरुरी छ । जनताको पसिना चुस्ने अनुमति सकैलाई छैन यदि म यसपालि मेयर पदमा बिजय भयो भने राज्यबाट आफुले पाउने सेवा सुबिधा सङ्गै तलब भत्ता बापत पाउने रकम गरिब,दिन दुखि र बिकास निर्माणको काममा खर्च गर्ने छु ।”
राष्ट्रिय युवा संघ नेपाल बझाङ जिल्ला इन्चार्ज , नेकपा बझाङ जिल्ला कमिटि सदस्य र राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य समेत रहनु भएका सिंह पहिले देखि नै राजनितिमा निकै सक्रिय थिए |