
काठमाडौँ ३० चैत | ने.क.पा (क्रान्तिकारी माओवादी) निकट अखिल(क्रान्तिकारी) ले पार्टीले निर्वाचन बहिस्कार अभियानलाई तिब्र परेको छ | वर्तमान राज्य व्यवस्थाले देशमा भ्रस्ट्राचार, महँगी बढ्नुको साथै राष्ट्रघाती कामहरु हुने गरेकोले यो व्यवस्थाले देश परिवर्तन नहुने, यसका लागि राज्य व्यवस्था नै बदल्नु पर्ने यस पार्टीले धारणा राख्दै आएको छ |
अभियानकै क्रममा अखिल(क्रान्तिकारी)ले ३ नम्वर प्रदेश अन्तर्गत पूर्वि कमाण्डका जिल्लाहरुमा बैठक र अभियानकाे तयारी चलिरहेकाे र ललितपुर जिल्ला अन्तरगत नमुना मछेन्द्र मा.वि मचिन जिमीकाे अध्यक्षतामा ३५ मुल ईकाई कमिटि र २ कक्षा कमिटी निर्माण भएका छन् भने, आदर्श शाैलमा विशाल भट्टकाे अध्यक्षतामा मुल ईकाई कमिटि र ३ कक्षा कमिटि निर्माण , मदन स्मारकमा ३ कक्षा कमिटि निर्माण, पाटन ढाेका मा.विमा दिपक थापा मगरकाे अध्यक्षतामा २५ ईकाई कमिटि निर्माण भएकाे छ। त्रिपघ मा.विमा २ कक्षा कमिटि निर्माण भएकाे छ।
अभियानमा अखिल( क्रान्तिकारी) काे केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेल, उपाध्यक्ष शीलु न्याैपाने, सचिव राम तिरुवाकाे उपस्थित रहेकाे थियाे | ललितपुर जिल्ला अभियानलाई संचालन गर्न स्थानिय विधार्थी नेताहरु अखिल(केन्द्रीय) सदस्य ईश्वर सिहं साउद, विधार्थी नेताहरु विष्णु महर्जन, लाल सिंह धामी, देवेन्द्र धामी लगायत सक्रिय रहेका छन् |
अभियानलाई व्यवस्थित गर्न ललितपुर जिल्लामा वैशाख ३ गते प्रशिक्षण र ५ गते जिल्ला भेलाकाे तयारी र यस्तै गरि काभ्रे, दाेलखा र भक्तपुर जिल्लामा समेत बैठक र अभियानकाे तयारी भइ रहेको जानकारी अखिल(क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष शीलु न्याैपानेले साझा आनलाइन लाई जानकारी गराउनु भयाे।