शैलुङ गाउँपालिकामा अध्यक्ष पदको लागि ४ जना आकांक्षी

काठमाडौं, ३० चैत | शैलुङ गाउँपालिकामा अध्यक्ष पदको लागि ४ जना आकांक्षी देखिएको छ | कम्युनिस्टहरूको गड मानिने शैलुङमा पछिल्लो समय नेकपा एमाले फुटेपछि केहि कमजोर देखिएको विश्लेषकहरुको भनाइ छ |

अध्यक्ष पदका लागि आकांक्षी उम्मेदारहरुमा गत निर्वाचनमा समेत उम्मेदारी रहेका प्रदेश सदस्य दावादोर्जे मोक्तान लामा,महाधिवेशन प्रतिनिधि एवं गत निर्वाचनमा उपाध्यक्षकी प्रत्याशी उर्मिला कार्की,महाधिवेशन प्रतिनिधि रेखबहादुर अधिकारी, शैलुङ-८ का वडाध्यक्ष रामेश्वर उप्रेती लगायतले उम्मेदवारीको आकांक्षी देखाएको छ ।

गठबन्दन भएकै कारण पनि यस पटकको निर्वाचनमा बहुमत ल्याउने सबैले आँकलन गरिएको छ |