
काठमाडौँ २७ चैत | नेकपा एमालेबाट कालिञ्चोक गाउँपालिकाको अध्यक्षमा ८ जनाको उम्मेदवारी परेको छ |
उम्मेदवारको विषयमा छलफल गर्न शनिवार बसेको गाउँपालिका संगठन कमिटिको बैठकमा उनीहरुले आफ्नो धारणा सहित पार्टीको तर्फबाट अध्यक्षको उम्मेदवारी प्रस्तुत गरेका थिए । अध्यक्षमा दाबी गर्नेहरुमा रोहितचन्द्र खड्का, विनकुमार थामी, गणेश शिवाकोटी, लक्ष्मण थामी, हरि ओली, चेतबहादुर खड्का, निशान बुढाथोकी र अर्जुन बुढाथोकी रहनु हुन्छ ।
कालिञ्चोक गाउँपालिका कमिटिका अध्यक्ष ईश्वरी दाहालले गाउँपालिका अध्यक्षको लागि बैठकमा ८ जनाको दाबी प्रस्तुत भएको र त्यसलाई माथिल्लो निकायमा पठाईने जानकारी दिनु भयो ।
यसैबीच एमालेबाट कालिञ्चोक गाउँपालिकाको उपाध्यक्षको लागि पनि ८ जनाको दावी परेका छन् । उपाध्यक्षमा सविना पाण्डे, लक्ष्मी शिवाकोटी, रमा शिवाकोटी, कविता थामी, सुजता शिवाकोटी, सुमित्रा शंकर, छलिमाया थामी र राधा ओलीले गरेको हो ।