
दोलखा २७ चैत | शैलुङ गाउँपालिका अध्यक्षमा भरत प्रसाद दुलाल सहित ९ जनाको उमेदवार परेको छ ?
गाउँपालिका पार्टी कार्यालयले दिएको जानकारी अनुसार वर्तमान अध्यक्ष भारत प्रसाद दुलाल सहित अन्य ८ जना गरी ९ जनाको उमेदवारी परेको हो | अन्य उमेदवार हरुमा धनबहादुर तामाङ‚ गुणबहादुर बुढाथोकी‚ ईश्वर न्यौपाने‚ थिरबहादुर तामाङ‚ बुद्धवीर घिसिङ, शंङकर बस्नेत, शिवप्रकाश श्रेष्ठ र युवराज घतानी रहेका छन् ।
त्यसैगरी उपाध्यक्ष पदका लागि लालमाया योञ्जन, तारादेवी बस्नेत, वन्दना पाख्रिन, लालमाया तामाङ, पार्वती कार्की थापा‚ राजकुमार श्रेष्ठ,प्रमीला श्रेष्ठ, पार्वती श्रेष्ठ‚ कमला श्रेष्ठ र गीता लामाले उम्मेदवारी दिएका छन् ।
यसैगरी गाउँपालिकाको वडा नम्बर ५ बाहेक अरु ७ वटा वडाहरुमा पनि सर्वसम्मत चयन गर्न सकिएको छैन |
शनिबार बसेको पालिका कमिटीको बैठकमा आकाङ्क्षीहरुले नाम दर्ता गराएका हुन् ।