बहिर्गमित जनमुक्ति सेना नेपालका सल्लाहकार संयोजक बने मुगु जिल्ला राष्ट्रिय भूमि आयोगको अध्यक्ष

saajha online

काठमाडौं, १८ चैत । प्रदेश नम्बर १ का चार, मधेशका ८, बागमतीका ५, गण्डकीका ६, लुम्बिनीका ५, कर्णालीका ८ र सुदूरपश्चिमका ७ जिल्लामा भूमि आयोगका अध्यक्ष तोकिएका छन्।

भूमि आयोगका जिल्ला अध्यक्ष तोकिएकाहरू मध्ये एक जना बहिर्गमित जनमुक्ति सेना नेपाल का सल्लाहाकार संयोजक लालचन्द्र विक कमरेड ९दुर्यधन० हुन् उनी मुगु जिल्ला अध्यक्षमा नियुक्त भएका छन् । उनी जनमुक्ती सेनाका होनाहार लडाकु पनि हो, उनि सेना सेना समायोजनको सिलसिलामा माओवादी जनमुक्ति सेनाको अस्थाई शिविरमा प्रमाणी करण हुँदा २०६६ सालमा अयोग्य घोषित गरि ९चार हजार ८ जना० लाई शिविर बाट बिदाई गगेका थिए त्यस बहिर्गमित जनमुक्ति सेना मध्ये उनी पनि एक सदस्य हुन् ।

संगठनको उनी अध्यक्ष समेत भइसकेका थिए उनीहरु आफु माथी लागेको अयोग्यको विल्ला खारेज गनर्, आर्थिक प्यकेज उपब्ध गराउन, र शान्ति पुर्ण आन्दोलन पक्राउ परेका कमरेड हरुको निशर्त रिहाइ गर्न, जनयुद्धका घाईते असक्त योद्धाहरुको निशुल्क उपचार सहित दिर्घकालिन व्यवस्थानको माग राख्दै संगठनको आन्दोलनमा सक्रिय भुमिका खेल्दै आएका थिए ।

मुगु जिल्लाका भूमिहिन नागरिकहरुलाई भूमि दिलाएर छिटै न्याय दिने भन्दै जनसेवा न्युज सँग कुरा गर्दै जानकारी दिए साथै बहिर्गमित जनमुक्ति सेनाका ईन्चार्ज असिम आङबुहाङ लिम्बु र अध्यक्ष रमेश बसेल करन लगाएत सम्पुर्ण पधाधिकारीका साथिहरुलाइ सम्पर्क गरि धन्यावाद पनी दिए भन्दै जानकारी गराए ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठक भूमि आयोगका अध्यक्ष तोक्ने निर्णय गरेको थियो भने त्यस निर्णय बमोजिम उनि पनी मुगु जिल्ला भूमि आयोगको अध्यक्षमा नियुक्त हुन सफल भए ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठको उपस्थितिमा आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले आयोगका नवनियुक्त जिल्ला अध्यक्षहरूलाई बिहीबार नै सपथ खुवाइसकेका छन्। मन्त्री श्रेष्ठले जतिसक्दो छिटो काम गर्न नवनियुक्त अध्यक्षहरूलाई आग्रह गरेकी थिइन्।