
काठमाडौं, १४ चैत | चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष श्री कृष्ण गिरी माथी भएको सांघातिक हमलाको छानबिन गर्न बहिर्गमित जनमुक्ति सेनाले माग गरेको छ |आफ्नो संगठनको लेटरप्याड को दुरुपयोग गरी संगठनको उपाध्यक्ष बताउने सुनिल खड्का (प्रमेश्वर खड्का) ले प्रेस विज्ञाप्ति मार्फत घटनाको जिम्मा लिएको बारे आफुहरुले गम्भीर रुपमा लिएको जनाएको छ | बहिर्गमित जनमुक्ति सेना नेपाल द्वारा एक प्रेस विज्ञाप्ती जारी गर्दै अपराधिक गतिविधि गर्ने गराउने कार्यमा संगठनको कुनै पनि र कहिले पनि संग्लनता हुने निति, उदेश्य र कार्यक्रम नभएको र नहुने जानकारी दिएको छ |
प्रेस विज्ञाप्ती
मिति : २०७८ चैत, १४
विषय : प्रेस विज्ञाप्ती
मिति : २०७८ माघ १४ गतेका दिन चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष श्री कृष्ण गिरी माथी भएको सांघातिक हमला को जिम्मा बहिर्गमित जनमुक्ति सेना नेपालको लेटरप्याड को दुरुपयोग गरी संगठनको उपाध्यक्ष बताउने सुनिल खड्का (प्रमेश्वर खड्का) ले प्रेस विज्ञाप्ति मार्फत घटनाको जिम्मा लिएको र उक्त घटना अनुसन्धानको क्रममा सम्वन्धित निकाय र प्रहरी प्रशासन बाट हाम्रो संगठनका जिम्मेवार नेतृत्वहरुलाई जानकारी आएकोले उक्त घटना प्रति हाम्रो संगठन बहिर्गमित जनमुक्ती सेना नेपाल केन्द्रीय संघर्ष समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।
उक्त विज्ञाप्तिमा उल्लेख भए बमोजिमको अपराधिक गतिविधि गर्ने गराउने कार्यमा संगठनको कुनै पनि र कहिले पनि संग्लनता हुने निति, उदेश्य र कार्यक्रम नभएको र नहुने जानकारी गर्दै उक्त घटनाको घोर भत्सर्ना गर्दछौँ ।
साथै संगठनलाई बदनाम गराउने उद्देश्यले संगठनको लेटरप्याड र छाप दुरुपयोग गरी सरकारी गुप्तचर सेवामा रहेका व्यक्तिले घटना घटाउने र जिम्मेवारी लिने रबैया निन्दनिय र खेदजनक भएकोले उक्त घटनामा सामेल हुने व्यक्तिहरुको छानविन गरी तत्काल कारवाहिको दायरामा ल्याउन सम्वन्धित निकाय र गृह प्रशासन समक्ष ध्यानाकर्षण गर्दछौँ ।
धन्यवाद ।
इन्चार्ज
…………………………
असिम आङबुहाङ्ग लिम्बु
अध्यक्ष
………………………
रमेश बसेल (करन)