अखिल क्रान्तिकारीले पनि आउने स्थानिय चुनाब देशब्यापी रुपमा बहिस्कार गर्ने ।।।

काठमाडौं /ने.क.पा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिकाे बैठक सान्दार तरिकाले सम्पन्न भएकाे छ।

क्रान्तिकारी बिद्यार्थी संगठनको अध्यक्ष हरिकृष्ण गजुरेलको अध्यक्षतमा बैठक संचालन गरेक थियो भने ने.क.पा (क्रान्तिकारी माओवादी) का स्थाई समिति सदस्यीय तथा देशभक्त जनगतन्त्रीकको अध्यक्ष सी.पी गजुरेलकाे प्रमुख अथित्यमा रहेकाे थियाे। उहाँले दलाल संसदीय व्यवस्थालाई सखाप गरि नयाँ जनवादी राज्य व्यवस्था स्थापना गर्नु पर्ने कुरा उल्लेख गरेका थिए । अब आउने संसदीय दलालहरुको स्थानिय तहकाे निर्वाचन सशक्त रुपमा बहिष्कार गर्दै राष्ट्रघाती एम.सी.सी पारित विपरित दलाल संसदिय अभ्यास ध्वस्त गर्न जनताहरुलाई तयार हुनुपर्ने भन्दै आम नेपाली जनताहरुलाई अपिल गरेका छन ।

त्यस्तै गरि अखिल(क्रान्तिकारी) ले पनि स्थानिय तहकाे निर्वाचनको शसक्त बहिष्कार गर्ने निर्णय गरेकाे छ। बैठकमा केन्द्रीय उपाध्यक्ष शीलु न्याैपाने, महासचिव पेशल दाहाल,सचिवहरु मनकुमार न्याैपाने, महेश श्रेष्ठ,राम तिरुवा,प्रभात भट्टराई, केन्द्रीय समिति सदस्यहरुकाे उपस्थितमा अखिल (क्रान्तिकारी) केन्द्रीय समिति बैठक भव्य तरिकाले सम्पन्न भएको हो ।