ने.क.पा (क्रान्तिकारी माओवादी ) निकट अखिल (क्रान्तिकारी) द्वारा बाेनाेज अधिकारी स्मृति दिवस मनाइयो

काठमाडौँ २४ फागुन| ने.क.पा (क्रान्तिकारी माओवादी ) निकट अखिल (क्रान्तिकारी)ले आज महान जनयुद्धकाे क्रममा २०५८ सालमा शाही नेपाली सेनाद्धारा हिरासतमा चरम यातना दिएर गाेलि हानि हत्या गरेका थिए।

२०३० साउन २० गते तनहुँ जिल्लाकाे क्यामिन गाउँमा आमा हरिमाया अधिकारी र बुवा बाबुराम अधिकारीबाट जन्मिनु भएका बाेनाेज अधिकारीले क्रान्तिकाे महान यात्रालाई सहि गन्तव्यमा पुराउन महत्त्वपूर्ण भुमिका निर्वाह गर्नु भएको थियोे । तत्कालिन उपाध्यक्ष अधिकारीले हासिहसि देश र जनताकाे आमुल परिवर्तनकाे लागि आफ्नो जीवन अर्पण गर्नु थियाे ।

कार्यक्रमलाई संगठनकाे केन्द्रीय उपाध्यक्ष शीलु न्याैपानेले संचालन गर्नु भएकाे थियाे भने, कार्यक्रमलाई सम्वाेधन अखिल(क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले गर्नु भएकाे थियोे । उहाले विचार र नीति सही भए हराभरा हुन्छ, यदि गलत भए सिद्धिन्छ र परि आए विध्यार्थीहरु एटम बम बनी देश र जनताकाे लागि विस्फोट हुन पनि तयार हुनु पर्ने बताउनु भयाे। कार्यक्रममा केन्द्रीय सचिव द्धाेय महेश श्रेष्ठ र राम तिरुबा, संगठनका जिल्ला तहका नेताहरु समेत उपस्थित रहेकाे थियाे।