पल शाहलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतकाे अनुमति

saajhaonline

काठमाडौं, १५ फागुन| पल शाहलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ | एक १७ वर्षीया गायिकालाई बलात्कार गरेको आरोप अभिनेता पल शाहलाई लागेको हो ।

अभिनेता पल शाहले आज दिउँसो १२ः १५ बजे जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसर्पण गरेका थिए । आत्मसमर्पण गरेका शाहलाई आज नै दमौली अस्पतालमा स्वास्थ्य परीक्षण, जिल्ला सरकारी वकिल कार्यालयमा बयान र तनहुँ जिल्ला अदालतबाट हिरासतमा राख्न म्याद थप गरेको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँमा गएकाे फागुन ११ गते उजुरी दर्ता भएपछि फरार रहेका भनिएका नायक शाहले आज बिहान सामाजिक सञ्जालमा पोस्ट गर्दै स्वास्थ्यमा देखिएको समस्याका र केही घरायसी व्यवहार मिलाउनुपर्ने भएकाले प्रहरीमा उपस्थित हुन नसके उल्लेख गरेका थिए ।

प्रहरी सम्पर्कमा आएका अभिनेता शाहसँग आवश्यक सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयाे ।