किभ, १५ फागुन
युक्रेन सरकारले रुसी सेनाविरुद्ध कडा प्रतिकार गर्न उर्दी गर्दै सर्वसाधारणलाइ विभन्न निर्देशन जारी गरेको छ । युक्रेनी सेनाले नागरिक प्रतिरोध आन्दोलनमा सर्वसाधारणका लागि निर्देशन जारी गरेको हो ।
‘तपाईसँग हतियार वा गोलाबारुद छ वा छैन भन्ने फरक पर्दैन, लडाईका सबै सम्भावित उपाय र माध्यमहरू प्रयोग गर्नुहोस्,’ निर्देशनमा भनिएको छ । यी हुन सरकारले जारी गरेको निर्देशनः
– सडक चिह्नहरु हटाउनू
–रुसी सेनाको गतिविधि असम्भव पार्न रुख ढाल
–घरमा निर्मित आगजनी उपकरणहरू प्रयोग गर
–प्रमुख यातायात केन्द्रहरू भत्काउनुहोस