
शैलुङ, १५ फागुन | शैलुङ गाउँपालिका वडा नम्बर ५ को कार्यलय भवन उदघाटन एक औपचारिक कार्यक्रम गरी सम्पन्न भएको छ । कार्यबाहक वडा अध्यक्ष गोबिन्द खड्का को सभापतित्वमा सम्पन्न उदघाटन समारोह मा प्रमुख अतिथी शैलुङ गाउपालिकाका अध्यक्ष भरत प्रसाद दुलाल, विशेष अतिथीमा उपाध्यक्ष लाल माया योन्जन तथा शैलुङ ८ का वडा अध्यक्ष रामेश्वर उप्रेती रहेको थियो |
साथै राजनैतिक दल, सामुदायिक बिद्यालय, स्वास्थ्य, सामुदायिक बनका प्रतिनिधि लगायत स्थानिय ब्याक्तित्वहरुको समेत उपस्थिति रहेको थियो ।कार्यक्रममा बिशेष अतिथि लाल माया योन्जनले शैलुङ गाउँपालिकाको ८ वटै वडा कार्यालय निर्माण भइसकेको तर त्यस मध्ये वडा नम्बर ५ को कार्यलय सबै भन्दा उत्कृष्ट भवन भएको र बिकास निर्माणमा शैलुङ ५ ले लिएको नीति सिङ्गो गाउँपालिकाले अनुकरण गर्न आबश्यक रहेको बताउनु भएको छ।
वडा कार्यलय निर्माणको क्रममा किरण बस्नेत र आफूले रकम ब्याबस्थापन तथा भवन निर्माणको निमित्त चरिकोटमा गरिएको दुख स्मरण गर्दै रामेश्वर उप्रेतीले हाम्रो सपना पूरा भएको र शैलुङ गाउँपालिकाले अदभूत कामहरु ५ बर्ष को समय अवधी भित्र भएको तथा ती बिस्तारै देखिन थालेको बताए ।
कार्यक्रममा वडा सचिब एलिजा आचार्यले उदघाटन समारोहलाई स्वागत गर्दै निर्माण सम्पन्न सुन्दर भवन बाट सुन्दर सेवा प्रवाह गर्न को निमित्त आफु र कर्मचारीहरु निरन्तर खट्ने बताउनु भयो । त्यस्तै निर्माण उपभोक्त समितीका अध्यक्ष नवराज कार्कीले भवन निर्माणको निमित्त जग्गा उपलब्ध गराउन गरिएको पहल तथा भवन निर्माण जस्तो ऐतिहासिक जिम्मेवारी निर्बाह गर्ने अबसर पाएकोमा खुसी व्यक्त गर्नु को साथै वडा समितीलाई धन्यबाद समेत दिए ।
कार्यक्रममा जग्गा दाता मनमाया खड्का, जिबनाथ खड्का, सन्तोष खड्का, सन्तोषि खड्का तथा निर्माण उपभोक्त समिती का अध्यक्ष नवराज कार्की लाई सम्मान पत्र मार्फत सम्मान गरिएको थियो ।