जनयुद्धकाे पहिलाे सहिद दिल बहादुर रम्तेल लाई ने.क.पा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) ले यसरी सम्झिए

काठमाडौं, १४ फागुन | ने.क.पा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले फागुन १४ लाई महान जनयुद्धकाे पहिलाे सहिद दिल बहादुर रम्तेल लगायत परिवर्तन र मुक्तिकाे आन्दोलनमा जीवन उत्सर्ग गर्ने तमाम ज्ञात अज्ञात सहिदहरुलाई स्मरण गर्दै अखिल(क्रान्तिकारी)काे केन्द्रीय कार्यलय, बागबजारमा २७ औ स्मृति दिवस मनाएकाे छ।

उक्त कार्यक्रममा अखिल(क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले परिवर्तनका लागि जीवन आहुति  दिने महान सहिदहरुले  मार्ग निर्देशन गरेकाे बाटाेमा क्रान्तिकारी युवा विधार्थीहरु दृढ़ एवम् प्रतिवद्ध रहि फेरि मुलुकले अर्काे वलिदानी मागेकाे हुँदै युवा बिद्यार्थीहरु  तयार हुनु पर्ने , लाल र निपुर्ण बन्दै क्रान्तिकारी झण्डालाई फहराउदै अगि बढ्नु पर्ने बताउदै  राष्ट्रधाती सम्झाैता गर्ने दलालहरु जनता सामू नाङ्गि सकेकाेले यी गद्दारहरुलाई जनताहरुले बाकी नराख्ने, जनताहरु एक.सी.सी विरुद्ध सडकमा अाई सकेकाे हुँदा राष्ट्रघाती दलाल,तस्कर,माफियाहरुलाई जनताले अब छानिछानि ठेगान लगाउने र सहिदहरुकाे वलिदानलाई उच्च सम्माकाका क्रान्तिकाे झन्डा निरन्तर फहराई तमाम युवा सडकमा राष्ट्रिय स्वाधीनताकाे रक्षाकाे खातिर आ-आफ्नो  ठाउँबाट सक्दाे याेग्दान गर्ने  बताउनु भयाे |

यस्तै अखिल(क्रान्तिकारी) काे केन्द्रीय उपाध्यक्ष शीलु न्याैपानेले सहिदहरुले गर्नु भएकाे बलिदान लाई पूर्व नेताहरुले सत्तामा पुग्ने र वार्गेनिङ्ग गर्ने भाडाे मात्र बनाएकाे हुँदा वास्तवमा महान सहिदहरुले विना स्वार्थ महान उदेश्यकै लागि, जनताकाे जनजीविका परिवर्तनका लागि आफ्नो  प्राण आहुति  दिएकाे हुँदा अब कुनै पनि संसदवादी कित्तामा उभिएकाहरुले देशकाे वास्तविक विकास गर्न जनताले खाेजेकाे व्यवस्था ल्याउन नसक्ने बताउनु भयो |

यी तमाम समस्यारुलाई मात्र क्रान्तिकारी पार्टि अर्थात ने.क.पा (क्रान्तिकारी माअाेवादी) मात्र जनयुद्धकाे वास्तविक उत्तराधिकारी पार्टी भएको र  यसकाे भतृ संगठन अखिल (क्रान्तिकारी) ले मात्र शिक्षा क्षेत्रका माफिया विरुद्ध लड्ने तागत राख्ने बताउनु भयाे। उक्त कार्यक्रमकाे संचालन अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिव प्रभात भट्टराईले संचालन गर्नु भएको जानकारी केन्द्रीय उपाध्यक्ष शीलु न्याैपानेले साझा आनलाइन लाई जानकारी  गराउनु भयाे।