एमसीसी बारे छलफल गर्न मोहन वैद्य प्रचण्ड निवास खुमलटार मा |

काठमाडौं, १० फागुन । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न
खुमलटार पुगेका छन् । यसअघि नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले पनि एमसीसीको विरोधमा प्रचण्डसँग सहकार्य गर्ने घोषणा गरिसकेका छन् ।

पछिल्लो समय सरकारले एमसीसी सदनमा टेबुल गरे पछि पूर्व माओवादी शक्तिहरु बीच सडक संघर्षमा सहकार्य भैरहेको छ । यही सन्दर्भ पारेर बैद्य दाहाललाई भेट्न गएका हुन् । प्रचण्डले एमसीसी सदनबाट पारित नगर्ने बताउँदै आएका छन् ।

एमसीसी पास गर्न भने आफ्नो पार्टीले सहयोग नगर्ने उनको भनाई रहँदै आएको छ । एमसीसीबारे यही फागुन १२ गते संसद्मा छलफल हुँदैछ। त्यो भन्दा अघि नेपालको राजनीति ध्रुविकृत भैरहेको छ।