बुझ्न त बुझ्यो के बुझ्यो? कमेडी टेलि चलचित्रले दर्शकहरुको मन जित्दै ।।।

काठमाडौं, १० फागुन |”बुझ्न त बुझ्यो के बुझ्यो ?” नामक कमेडी टेलि चलचित्रले दर्शकको मन जित्दै अगाडी बढेको छ । सन्जय हुत्त / अर्जुन द्वारा निर्मित तथा लेखन हास्य टेलि चलचित्र पछिल्लो समय दर्शकको मन मा बस्न सफल भएको हो ।

समाजिक व्यंग्य र समाजिक यथार्थमा आधरित यो टेलि चलचित्रले समाजमा भैरहेको बिसंगती तथा समाजिक आपराध तथा अमेरिकी इन्डोप्यासिक परियोजनालाई समेत कथामा समाबेस गरिएको हुनले राष्ट्रियता र स्वाधीनताको पक्षमा पनि यो टेलि चलचित्र उभिएको देखिन्छ ।

एउटा पारिवारिक भित्रको परिघट्ना, त्यसले समाजमा पर्ने असर कस्तो हुन्छ भनेर पनि देखाउन खोजिएको छ भने अशक्तलाई समाजबाट अपहेलना र आफ्नै पारिवारिक सदस्यबाट कति घृणित हुनु पर्छ भन्ने पनि देखाएको छ । यसभित्र देखाएको सबै गतिविधिले सिङ्गो समाज समेटिएको छ | एकतिर मनोरञ्जनात्मक रुपमा पनि यो टेलिचलचित्र रहेको हुँदा सबै क्षेत्र बाट यो भित्रको पात्रहरुको अभिनय र निर्देशकको मेहेनतले यो सन्देश मुलक र मनोरञ्जनात्मक रुपमा राम्रो कथा बोकेको भन्न सुहाउछ ।

यस भित्र सबै कलाकरहरुले आफ्नो भुमिकालाई अभिनय मार्फत मेहेनत गरिएको छ, भने कलाकारहरु सन्जय हुत्त, इन्द्र बहादुर स्यङ्तान, भुइसाल लामा, सुस्मिता लामा, करिसा वाईबा, अन्जु गुरुङ, कुमार अधिकारी, पेमा योन्जन, दोर्जे मोक्तान, शुवाङ मोक्तान, किरण ब्लोन, गणेश राई, सिर्जना गोले सुनिता थापा, बिस्वजित देउजा, अजित घिसिङ, सुमन स्याङ्तान, शोभा स्याङ्तान, मैना अधिकारी, चन्द्र बहादुर स्याङ्तान सहित अन्य लगायतको सशक्त अभिनय देख्न सकिन्छ ।

कमल बिराही थापाको बुझ्न त बुझ्यो के बुझ्यो? गितमा प्रज्वाल राउतले निकै भुमिकाको साथ छायांकन गरिएको छ । अहिले यो भाग ३ मा पुगेको टेलिचलचित्र प्रत्यक सोमबार बेलुकी ६:३० बजे HMM Media बाट दर्शकहरु माझ बहिरिने गर्दछ ।

यो टेलिचलचित्र पूरा हेर्न्👇️👇️👇️