काठमाडौं, ८ फागुन | प्रतिनिधिसभाको अधिकारिक युट्युब (YOUTUBE) च्यानलमा पूर्व-प्रधानमन्त्री केपी ओलीको भिडियो राखिएको छ |
एमसीसी संसदमा पेश गर्न लागेको पूर्वसन्ध्यामा यसरी पुर्व प्रधानमन्त्रीको भिडियो राखिनु लाई धेरैले अर्थपूर्ण तरिकाले हेरेको छ | यस बिषयमा बुझ्न हामीले प्रतिनिधिसभा नेपालको सूचना प्रविधि शाखामा सम्पर्क गर्दा आफुहरुलाई यस सम्बन्धमा थाहा नभएको रविन्द्र रिजालले बताउनु भयो | साथै यस विषम बुझ्न श्रव्यदृश्य साखमा सम्पर्क गर्नु भन्दै जगदीश न्यौपानेको नम्बर उपलब्ध गराए |
तपाईहरुले पुरानो भिडियो किन राख्नु भएको के तपाईहरुको च्यानल ह्याक भएको हो ? भन्ने साझा आनलाइन को प्रश्नमा जगदीश न्यौपाने भन्नु भयो – यस्तो हुनु नपर्ने के भएको रहेछ म बुझ्छु, एक छिन् पछि सम्पर्क गर्नुहोला | हामीले केहि समय पछी सम्पर्क गर्दा उहाले फोन उठाउनु भएन |
|Updated : अहिले पुरानो भिडियो हटाई सकेको छ |