चिरपटले हानेर आमाको हत्या गर्ने छोरा पक्राउ

488

मोरङ, २ फागुन |आफ्नै ७० वर्षीया आमा चन्द्रमाया भण्डारीलाई चिरपट प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले उर्लाबारी नगरपालिका–४ आइतबारे बस्ने ३५ वर्षीय गंगा प्रसाद भण्डारीलाई पक्राउ गरेको छ ।

उनलाई आइतबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घरायसी बिवादको क्रममा उनले आफ्नै आमालाई चिरपट प्रहार गरेको प्रहरीले जनाएको छ ।

भण्डारी गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

गम्भीर घाइते चन्द्रमायाको मदन भण्डारी अस्पताल हुँदै ट्रमा सेण्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको हो ।

Previous articleमुसहरहरूलाई सिपयुक्त बनाउन नगरपालिकाद्वारा अन्तर्क्रिया
Next articleकांग्रेसले पनि बोलायो संसदीय दलको बैठक, मंगलबार नयाँ बानेश्वरमा बस्ने

Leave a Reply