अखिल (क्रान्तिकारी) द्वारा नो एमसीसी लेखेको स्टिकर टाँस्दा प्रहरीको हस्तक्षेप

काठमाडौं, २७ माघ | अखिल (क्रान्तिकारी) द्वारा काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातहरुमा नो एमसीसी लेखेको स्टिकर टाँस्दा प्रहरीले हस्तक्षेप गरेको छ | अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी )को विरोधमा विभिन्न सवारी साधानहरुमा स्टिकर टासेर विराेध गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको हो ।

एमसीसी सम्झौता राष्ट्रघाती रहेको भन्दै उनीहरुले संसदबाट अनुमोदन नगर्न खबरदारी स्वरूप सार्वजनिक यातायातहरूमा स्टिकर टासेर विरोध गरेको अध्यक्ष हरिकृष्ण गजुरेलले जानकारी दिनुभयो। प्रहरीले हस्तक्षेप गरे पनि काठमाडौंको नयाँ बानेश्वर देखि रत्नपार्क सम्मा सार्वजनिक यातायातहरुमा ४०० देखि ५०० स्टिकर टाँसेको उपाध्यक्ष शिलु न्यौपानेले बताए । एमसीसीको विरोध गर्ने क्रममा प्रहरी हस्तक्षेप हुनु दुर्भाग्य भएको उनको भनाइ थियो ।

एमसीसी सम्झौता राष्ट्रघाती रहेकोले संसदबाट पास गर्न नहुने र अमेरिकालाई नै फिर्ता पठाउनु पर्ने आफ्नो मुख्य माग रहेकाले नयाँ किसिमको आन्दोलनका रूपमा स्टिकर अभियान संचालन गरेको अध्यक्ष गजुरेलले बताउनु भयो ।