काठमाडौं, २६ माघ| अमेरिकी अनुदान सम्झौता एमसीसी विरुद्ध काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । ६ दल र २ मोर्चाले संयुक्त आन्दोलन गरेका हुन् |
काठमाडौको माइतीघर देखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरिएको छ । एमसीसी सम्झौता खारेज गर्नुपर्ने माग प्रदर्शनकारीले चर्को नारा लगाउदै र्याली गरेको हो । ‘एमसीसी सम्झौता खारेज गर’, ‘वैदेशिक हस्तक्षेप बन्द गर’ ‘गो ब्याक एमसीसी’, लगायत नारा प्रदर्शनमा सहभागीहरूले लगाएका थिए ।
प्रदर्शनमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेकपा , वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेकपा माओवादी केन्द्र समाजवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल र राष्ट्रिय जनमोर्चा नेपाल सहभागी थियो |
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न गरेको प्रयत्न नेपालको राष्ट्रिय स्वाधीनता माथिको निर्मम प्रहार र दुस्साहस भएको ठहर गर्दै यसका विरुद्ध सशक्त आन्दोलन सिर्जना गर्न उनीहरुले अपिल गर्दै आएका छन् ।