२४ लाख कोराना भ्याक्सिन स्वास्थ्य मन्त्रालयबाट गायब, ।।।

नेपाल सरकारका स्वास्थ्य मन्त्रि बिरोध खतिवडालाई २४ लाख डोज भ्याक्सिन हिनामिना गरिएको आरोपमा खतिवडा लगायत त्यसमा संग्लन अन्य व्यक्तिलाई छानबिन गरि भ्रष्टाचार निवारण ऐन बमोजिम कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा राष्टिय युवा संघ नेपालले मुद्दा दर्ता गरिएको छ ।

अहिले बिश्व नै कोरान महामारीमा फसिएको बेला नेपाल पनि एक ग्रसित देश बनेको छ । यसले सबै देशको अर्थतन्त्रमा निकै असर गरेको छ,यसलाई मध्यनजर गरि सबै क्षेत्रमा अबरोध पुगे त पनि यस अबस्थाबाट मुक्त हुन कोरान भाईरस बाट जोगिन ओली सरकार हुदा गत पुष सम्म सबै नेपाली नागरिकमा खोप लगाई सक्ने लक्ष्य राखेको थियो ।

खतिवडा माथि २ अर्ब ४० करोड दुरुपयोग अर्थात् २४ लाख डोज खोप हिनामिना गरिएको आरोप छ, त्यसैले भ्रष्टाचार उपर कानुनी उपचार गर्न २०४८ को दफा ३ बमोजिम मुद्दा दर्ता गरि भ्रस्टाचार निवारण ऐन २०५९ को दफा ३,८,र १७ तथा कानुनि प्राबधान बमोजिम कारवाही गर्न यो मुद्दा अख्तियारमा दर्ता गरिएको हो |

राष्टिय युवा संघ नेपालको निबेदन