गुजरातको विनाशकारी भूकम्प देखि क्लिन्टन–मोनिका सम्बन्ध

541

आज २६ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

गुजरातको विनाशकारी भूकम्प -आज अर्थात २६ जनवरीमा भारतको गुजरात राज्यमा विनाशकारी भूकम्प गएको थियो । भूकम्पमा २० हजार जनाको ज्यान जानुका साथै एक लाख ६० हजार जना घाईते भएका थिए । गुजरात भूकम्पका कारण अबौंको क्षति भएको थियो ।

क्लिन्टन–मोनिका सम्बन्ध-सन् १९९८ अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टनमाथि आफ्नै कार्यलयकी कर्मचारी मोनिका लेवेन्स्कीले यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । २६ जनवरीमा क्लिन्टनले एक विज्ञप्ति सार्वजनिक गरेर आफूमाथि लगाइएका आरोप निराधार भएको दाबी गरेका थिए । तर, क्लिन्टनको भुटो  विवरण लामो समय टिक्न सकेन । सोही वर्षको १७ अगस्टमा क्लिन्टनले मोनिकासँग आफ्नो अनुचित सम्बन्ध रहेको स्वीकारेका थिए ।

भारतमा गणतन्त्र दिवस -विश्वकै दोस्रो ठूलो जनसंख्या भएको देश भारत सन् १९५० मा स्वतन्त्र भएको थियो । २६ जनवरीेदेखि भारतको संविधान कार्यान्वयनमा आएको थियो । आजकै दिन भारतले गणतन्त्र दिवस मनाउछ ।

अफ्रिकामा अहिलेसम्मकै ठूलो डायमन्ड फेला परेको दिन-सन् १९०५ मा विश्वकै सबैभन्दा ठूलो हिरा दक्षिण अफ्रिकामा फेला परेको थियो । ३१०६ दशमलब ७५ क्यारेटको सो डायमन्डको मूल्य दुई अर्ब अमेरिकी डलर भएको अनुमान गरिएको थियो ।

अस्ट्रेलिया बस्ने पहिलो युरोपेली टोली-सन् १९७८ देखि अस्ट्रेलियामा पहिलो पटक युरोपेली बस्न सुरु गरेका थिए । जसअन्तर्गत २६ जनवरीमा ब्रिटीशको पहिलो टोली सिड्नी वन्दरगाहमा बस्न थालेको थियो ।

Previous articleवृश्चिकलाई व्यापारबाट फाइदा हुने, तपाइको आजको राशिफल
Next articleबजार अभावमा किसान पीडित

Leave a Reply