नगरपालिकामा कुखुरा र बङ्गुर पालन व्यवसायको लागी सीप विकास तालिम संचालन

लक्ष्मी श्रेष्ठ | काठमाडौं, १६ पुस | सिन्धुलीको कमलामाई नगरपालिकामा कुखुरा र बङ्गुर व्यवसायको लागि सीप विकास तालिम संचालन आज बाट सुरु भएको छ । कमलामाई नगरपालिकाको आयोजनामा नगर प्रमुख खड्ग बहादुर खत्री को अध्यक्षतामा र प्रमुख प्रशासकीय अधिकृत विशकसेन ढकाल को प्रमुख आतिथ्यतामा र्कायक्रम उद्घाटन गरिएको हो ।

सीप विकास तालिममा कमलामाई नगरपालिकाका वडा नम्बर ८ का नागरिकलाई तालिम दिईरहेको छ भने वडा नम्बर ४ र बडा नम्बर ७ का व्यवसायिहरु लाई आज बाट तालिम दिईएको उद्योग तथा व्यवसाय प्रवर्धन शाखाकी अधिकृत सुलोचना लुइटेलले जानकारी दिनु भयो । गरिबीका रेखा मुनी रहेका नागरिकलाई सिप सिकेर आत्मिनर्भर बनाउँने उदेश्यले कार्यक्रम संचालन गरिएको हो । नागरिकको रुचीका आधारमा आफुलाई रोज्न मन लागेको पेसा रोजेर उनीहरुलाई तालिम दिने गरेको उद्योग तथा व्यवसाय प्रवर्धन शाखाकी अधिकृत लुइटेलले बताउनु दिनु भयो ।

हाल वडा नम्बर ८ मा १४ जनाले तरकारी सम्बन्धी तालिम लिईरहेको छन् भने कुखुरा पालन सम्बन्धी १३ जनाले तालिम लिई रहेका छन् । यस्तै, वडा नम्बर ४ र ७ मा जम्मा २७ जनाले कुखुरा र बङ्गुर पालन तालिम लिईरहेका छन् । कुखुरा र बङ्गुर पालन गर्दा के के कुरामा ध्यान दिनु पर्छ, उत्पादन बुद्धि गरि आन्दामी बढाउँन के गर्न सकिन्छ भन्ने बिषयमा छलफल गरि ज्ञ्यान प्रदान गरिने गरेको लुइटेलले जानकारी दिनु छ । कार्यक्रम यहि पौष २१ गते सम्म संचालन हुने छ ।