
धनकुटा नगरपालिका वडा नं ३ पात्ले निबासी शारिरिक अशक्त दिलकुमार तामाङलाई संघीय र प्रदेश संसद राजेन्द्र राइ र निरन राईले एकवर्ष सम्मको फ्रि ईन्टरनेटको व्यवस्था गरिदिएको छ ।
शनिबार एक कार्यक्रका बिच विगत १५ वर्ष देखि ढाड भाचेर शारिरक रुपमा अशक्त भएर बसिरहेका तामाङलाई भेटेर द्धय संसद राईहरुले एक वर्ष सम्मको लागि इन्टरनेट फ्रि उपलब्ध हुने गरी नगत १५ हजार आर्थिक सहयोग प्रदान गर्नु भएको छ ।
संघीय संसद राजेन्द्र राईले १० हजार र प्रदेश संसद निरन राईले ५ हजार गरी १५ हजार ईन्टरनेट जोड्नका लागि आर्थिक सहयोग गर्नु भएको होे । तामाङ १५ वर्ष अघि घाँस झार्ने क्रममा रुखबाट लडेर ढाड भाचे पछि अहिले थला परेर बसिरहेको छ । तामाङको एक श्रीमती र एक छोरा रहेको छ । छोरा भने अहिले बैदेशिक रोजगारीको शिलशिलामा बिदेश गएका छन् ।