ने.क.पा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले एम.सी.सी सम्झा‌ैता विरुद्ध सचेतना अभियान सम्पन्न

विश्व निकेतन, त्रिपुरेश्वर काठमाडौंमा आज ने.क.पा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले एम.सी.सी सम्झौता विरुद्ध सचेतना अभियान सम्पन्न गरेको छ। उक्त कार्यक्रम अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलको प्रमुख आतिथ्यमा ,रहेको थियो ।
 
कार्यक्रममा MCC सम्झौता खारेजीको लागि विधार्थीहरु कसिएर लागनु पर्ने कथित सम्झौतालाई कुन‌ पनि हालतमा खारेज गर्नु पर्ने बताउनु भयो भने अखिल(क्रान्तिकारी)को केन्द्रीय उपाध्यक्ष एवं ३परदेश संयोजक शीलु न्यौपानेले राष्ट्रघाती एम.सी.सी सम्झौतालाई लागू भए देश रणमैदान बन्ने, नेपालको बहुमुल्य खनिजपदार्थको दोहान गर्ने र नेपालीहरुलाई सम्वृदिको सपना देखाउदै शरणार्थीमा परिणत गर्ने सम्राज्यवादहरु रणनीति तोड्न नेपालका विधार्थी शक्ति जुर्मुराउनु पर्ने र सडकको नेतृत्व गर्ने बताउनु भयो ।
 
कार्यक्रममा ने.क.पा (क्रान्तिकारी माओवादी) का ईलाका सेक्रेटरी मंगल तामाङको समेत उपस्थिति रहेको थियो भने, उक्त कार्यक्रमलाई अखिल(क्रान्तिकारी) का परदेश सदस्य तथा काठमाडौं जील्ला सह संयाजन मीन गिरीले संचालन गर्नु भएको जानकारी अखिल (क्रान्तिकारी) को केन्द्रीय उपाध्यक्ष एव ३ नम्वर परदेश संयोजक शीलु न्यौपानेले बताउनु भयो ।