लाइन्स क्लब अफ काठमाडौँ कालिका द्वारा रक्तदान कार्यक्रम सम्पन्ना |

सानु मोक्तान , काठमाडौं, ४ पुस | लाइन्स क्लब अफ काठमाडौँ कालिका को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्ना भएको छ । लाइन्स क्लब अफ काठमाडौँ कालिका द्वारा आयोजित कार्यक्रममा सह आयोजक को रुपमा बोधिचित्त बहुउद्देशीय सहकारी  संस्था लिमिटेड, सुवलाल माध्यमिक विद्यालय सन्तपुरका   पूर्व विद्यार्थीहरुका संस्था(SUMAVIS”A”) र  डिलाइट बचत तथा ऋण सहकारी संस्था रहेको थियो |

वर्तमान  कोराना द्वारा आक्रान्त परिस्थिति लाई मध्यानजर गर्दै अपर्झट आइपर्ने विपत लाई केहि हत सम्मा भए पनि  न्यूनीकरण गर्न र रगतको अभावको कारण कसैको ज्यान नजाओस् भन्ने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गरेको  क्लबका प्रेसिडेन्ट लायन शोभा सापकोटले जानकारी दिनु भयो |

कार्यक्रम बिहान ८ बजे देखि दिउसो १ बजे सम्मा अनाम नगरमा रहेको  बाजेको सेकुवा  संगै  संचालन गरिएको थियो |