अखिल(क्रान्तिकारी) द्वारा विद्यालय स्तरीय राष्ट्रघाती एम.सी.सी सम्झौता विरुद्ध सचेतना अभियान संचालन |

जुद्धाेदय पब्लिक हाई स्कुल काठमाडौंमा (अखिल क्रान्तिकारी) ले आज पुस २ गते शुक्रबार बिहान MCC सचेतना अभियान संचालन भएकाे जानकारी अखिल(क्रान्तिकारी) काे केन्द्रीय उपाध्यक्ष तथा ३ नम्बर परदेश संयाेजक शीलु न्याैपानेले जानकारी गराउनु भएकाे छ।

कार्यक्रम अखिल(क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेल प्रमुख अातिथ्यतामा भएकाे थियाे । राष्ट्रघाती एम.सी.सी सम्झौता नेपालमा पास भयाे भने देश रणमैदान बन्ने र नेपाल र नेपालीकाे अबस्था सारै दर्दनाक हुनेछ र विदेशीहरुकाे कृडास्थल बन्ने हुदा कुनै हालतमा अब विधार्थीहरुले शसक्त प्रतिरोध गर्नु पर्ने बताए ।

कार्यक्रममा अखिल(क्रान्तिकारी) परदेश सदस्य मीन गिरी, जे.पीका ईकाई समितिका अध्यक्ष,उपाध्यक्ष,सचिवहरुकाे समेत उपस्थितमा राष्ट्रघाती एम.सी.सी सचेतना तथा ईकाइ कमिटि पुनर्निर्माण कार्यक्रम सम्पन्न भएकाे थियाे।