
धनकुटामा हातीपाईले रोगनिवारणका लागि १ सय ३ वटा विद्यालयहरुमा कक्षा १ र २ का बालबालिकाहरुमा परीक्षण गरिने भएको छ | हातीपाईले रोगनिवारण कार्यक्रमको बारेमा जानकारी दिन, सरकारले हालसम्म हासिल गरेको प्रगतीको बारेमा सुसुचीत गर्ने उद्यश्यले धनकुटामा राष्ट्रिय हातीपाईले रोग निवारण कार्यक्रम जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
नेपाल सरकार स्वाथ्य तथा जनसंख्यामन्त्रालय किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रले आयोजना गरेको कार्यक्रममा हात्तीपाईले रोग निवारणका लागि विद्यालयहरुमा परीक्षणको दायरा बढाईने जानकारी दिइएको हो ।नबौ चरणसम्म आमऔषधी खुवाउदा विश्व स्वास्थ्य संगठनको मापडण्ड अनुसारको मुल्यांकन (PER TAS) पास भएको धनकुटामा यो वर्ष पुनर मुल्यांकन –Tas1) को लागि १ सय ३ वटा विद्यालयहरुमा कक्षा १ र २ का बालबालिकाहरुमा परीक्षण गरिने स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईले जानकारी दिनुभयो ।
नेपालमा ६३ जिल्लाको २ करोड ५० हजार जनसंख्या जोखिममा रहेको, ३० हजार जना अंगभंग भएको तथ्यांक छ । कार्यक्रममा विश्वमा ८५ करोड भन्दा बढि मानिस यो रोगको जोखिममा रहेको र ४ करोड भन्दा बढि अंगभंगभएको जानकरी दिइएको छ । अहिलेसम्म विश्वमा ७० अर्व मानिसलाई आम औषधी खुवाइएको तथ्यांक छ ।