
ने.क.पा (क्रान्तिकारी माअाेवादी) निकट अखिल(क्रान्तिकारी)ले एम.सी.सी(MCC) सचेतना अभियान अन्तर्गत आज ललितपुर जील्लामा वेस्ट विग मा.वि र भ्याली पब्लिक मा.वि मा विधार्थीहरु संग राष्ट्रघाती MCC सम्झाैता बारे सचेतना अभियान सम्पन्ना भएको छ |
सचेतना अभियानमा विधार्थीहरुकाे उत्साह जनक रुपमा सहभागी रहेको थियो |राष्ट्रघाती एम.सी.सी सम्झौता खारेज नभए सम्म निरन्तर सचेतना अभियान संचालन गर्ने अखिल (क्रान्तीकारी)काे केन्द्रीय उपाध्यक्ष तथा ३ नम्बर प्रदेश संयाेजक शीलु न्याैपानेले जानकारी दिनुभयाे ।
उक्त कार्यक्रम अखिल(क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलकाे प्रमुख अातिथ्यतामा भएकाे थियाे । राष्ट्रघाती MCC सम्झौता नेपालकाे लागि घातक हुनुकाे साथै यदि नेपालमा राष्ट्रघाती सम्झौता अनुमाेदन भयाे भने नेपाल रणमैदान बन्ने र कुनै पनि हालतमा राष्ट्रघाती MCC सम्झौता खारेज गर्नु पर्ने कुरा गजुरेलले बताउनु भयाे। उक्त कार्यक्रमकाे संचालन अखिल(क्रान्तिकारी)काे परदेश सदस्य अर्पणा श्रेष्ठले गर्नु भएकाे थियाे।