दोस्रो चरणको मतदानमा कहाँ गए १ सय १७ कांग्रेस मतदाता ?

काठमाडौं, २८ मंसिर | नेपाली कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गत सभापतिका लागि दोस्रो चरणको निर्वाचन सकिएको छ ।

मंगलबार दिउँसो साढे तीन बजेदेखि सुरु भएको मतदान साढे ९ बजे सकिएको हो । चार हजार ७४३ महाधिवेशन प्रतिनिधि मध्ये चार हजार ५६२ ले मतदान गरेका छन् ।  यसअघि सोमबार सम्पन्न निर्वाचनमा भने  ४६७९ मत खसेको थियो । यस हिसाबमा सोमबारको भन्दा मंगलबार ११७ मत कम खसेको छ ।