आठ दलको संसद भवन घेराउ कार्यक्रममा ७५ जना नेता तथा कार्यकर्ताहरु गिरफ्पतार

काठमाडौं ।२७ मंसिर |  अमेरिकी सहयोग परियोजना अन्तर्गत मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता संसद द्वारा  पारित नगर्न खबरदारी गर्दै नेकपा (क्रान्तिकारी माओवादी) सहित आठ दलले संसद भवन घेराउ कार्यक्रम राखिएको थियो, उक्त घेराउ कार्यक्रममा ७५ जना नेता तथा कार्यकर्ताहरु गिरफ्पतार  गरिएको थियो ।

संसद भवन प्रवेश गर्ने चारवटै ढोका अगाडि गरिएको प्रदर्शनमा अन्धाधुन्ध लाठिचार्जमा क्रान्तिकारी माओवादीका स्थाई समितिको सदस्य परि थापा, अखिल नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष प्रा.डा. जगदिश चन्द्र भण्डारी, नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य गगन, अखिल (क्रान्तिकारी)का सचिव महेश श्रेष्ठ, शोभा सेन्चुरीसहित दर्जनौं घाइते हुनुभएको छ भने  , क्रान्तिकारी माओवादीका पीवीएम दिने शर्मा सागर, अनेजमहासंघका अध्यक्ष डा. भण्डारी, क्रान्तिकारी युवा लिगका अध्यक्ष अमीर महर्जन, अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल, अनेमसंघ (क्रान्तिकरी)की महासचिव शारदा महत, दलित मुक्ति मोर्चाका संयोजक टेक विक, त्यसैगरी गिरफ्तारीमा पर्नेहरुमा क्रान्तिकारी माओवादीका ललितपुर सेक्रेटरी श्याम केसी,, शोभा सेन्चुरी, अर्जुनलाल श्रेष्ठ, निरन तुलाधर, केशव ढलकोटी, शेखर आचार्य, ,विजय लामा, राजन श्रेष्ठ, नृग नवीन लगायतका नेताहरुलाई गिरफ्तार गरेर बानेश्वर प्रहरी बृत तीनकुनेमा राखिएको थियो ।

नेता थापा लगायत ११ जनतालाई संसद भवनको २ नं. (पश्चिमी) गेट अगाडिबाट गिरफ्तार गरेको थियो भने नेता सागर लगायत पाँच जनालाई दक्षिण पूर्वी गेटबाट गिरफ्तार गरेको थियो ।

पश्चिमी गेटबाट घेराउको नेतृत्व महासचिव थापाले गर्नुभएको थियो भने दक्षिण पूर्वी गेटबाट घेराउको नेतृत्व देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले गर्नुभएको थियो । अहिले भर्खर सबै नेताकर्यकर्ताहरुलाई रिहाई गरिएको जानकारी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी यूनियन (क्रान्तिकारी )केन्द्रीय उपाध्यक्ष शिलु न्यौपानेले साझा अनलाइनलाई बताए  |

पश्चिमी, दक्षिणी, पूर्वी र उत्तरी चारवटै गेट अगाडि भएको घेराउ तथा प्रदर्शनमा प्रहरी अन्धाधुन्ध लाठिचार्ज र गिरफ्तारी गरेको थियो । अहिले संसद भावन बाहिर भइरहेको घेराउ र प्रदर्शनलाई मध्यनजर गर्दै संसदको बैठक पुष ६ गतेसम्मका लागि स्थगित गरिएको छ ।