अखिल क्रान्तिकारीद्वारा वैचारिक तथा राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न ।।।

ने.क.पा (क्रान्तिकारी माओवादी) निकट अखिल(क्रान्तिकारी) केन्द्रीय समितिकाे आयाेजनामा आज त्रिचन्द्र क्याम्पसमा वैचारिक तथा राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे जनकारी अखिल(क्रान्तिकारी ) काे केन्द्रीय उपाध्यक्ष शीलु न्याैपानेले दिएकी छिन ।

उक्त कार्यक्रमका प्रमुख प्रशिक्षक ने.क.पा (क्रान्तिकारी माअओवादी) का स्थायी समिति सदस्य सी.पी गजुरेल ,विशेष प्रशिक्षक अखिल(क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेल , उपाध्यक्ष शीलु न्याैपाने, महासचिव पेशल दाहाल, सचिव महेश श्रेष्ठकाे उपस्थित रहेकाे थियाे। प्रशिक्षणमा सी.पी गजुरेलले विधार्थीहरु अनिवार्य रुपमा अखिल(क्रान्तिकारी) मा संगठित भएर राजनीतिमा सहभागी हुनुपर्ने बताउनु भयाे। वर्तमान समयमा विधार्थीहरु प्रलोभनमा नपरि उत्साहित बनेर अन्याय र अत्याचार विरुद्ध सक्रियता वृद्ध गरेर आन्दोलित हुनुपर्ने भन्दै विधार्थी नेताहरुलाई प्रशिक्षित गर्नु भयाे।

यस्तै गरि हरिकृष्ण गजुरेलले विधार्थीहरु नै परिवर्तनका प्रमुख समवाहाक भएकाे हुदा शिक्षामा देखिएका विकृति विरुद्ध अखिल (क्रान्तिकारी) चुपलागि नबस्ने भन्दै त्रि.वि सेवा आयाेगकाे विकृति विरुद्धकाे २९ दिने अनशन र लकडाउनकाे बेला एम.सी.सी परियाेजनाकी उपाध्यक्ष फातिमा सुमार विरुद्ध अमेरिक दुतावाश अगाडि गरिएकाे कालाे झन्डा प्रर्दशन हाेस जस्तो सुकै संकटमा अखिल(क्रान्तिकारी) बाहाना बाजि गदैन बरु डटि हरेक संकटमा संधर्ष गर्ने बताउनु भयाे। अखिल(क्रान्तिकारी)कि केन्द्रीय उपाध्यक्ष शीलु न्याैपानेले वर्तमान राजनीतिमा विचारधारा मूल स्पीरिड राजनीति पार्टीहरुले विर्सिदै गएकाे, वर्ग संधर्ष ,सर्वहारा वर्गकाे अधिनायकवाद स्थापना गर्ने कम्युनिस्ट चरित्र सरकारी कम्युनिस्ट पार्टीले विर्सिएकाे हुदा, पुजीवादीहरुले शिक्षामा हालीमुहाली गर्दै शिक्षामा खाडल निर्माण गरेकाे हुदा अब विधार्थीहरु सचेत,संगठित हुँदै हरेक स्कुल,कलेज,विश्वविद्यालय मा अखिल (क्रान्तिकारी )पुग्नु पर्ने बताउनु भयाे।

उक्त प्रशिक्षण कार्यक्रम संगठनका केन्द्रीय महासचिव पेशल दाहाले गर्नु भएकाे थियाे। साेहि कार्यक्रममा विभिन्न संगठन तथा पार्टीबाट संगठन प्रवेश कार्यक्रमा पार्टी स्थायी समिति सदस्य सी.पी गजुरेल , अखिल (क्रान्तिकारी) केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेल अविर,खादाले प्रवेश गराएका थिए। प्रवेश हुनेमा कालिकाेट जिल्ला पचलि झरनाका राम व.वि.क (तरुण दल),विपिन विक (माके), गाेविन्द तिरुबा ,राम वि.क, पदम वि.क, नरेन्द्र वि.क ,मीन कामी, धन बहादुर माओवादी केन्द्र बाट प्रवेश गरेकाे जानकारी अखिल (क्रान्तिकारी) कि उपाध्यक्ष शीलु न्यौपानेले  जानकारी गराउनु भयाे।