
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माअाेवादी) निकट अखिल(क्रान्तिकारी) केन्द्रीय समितिले यहि मंसिर २५ गते दिनकाे ११ बजे बैचारीक तथा राजनैतिक प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएका छन् |कार्यक्रम त्रिचन्द्र क्याम्पस ,घण्टाघर काठमाडौंमा संचालन हुने ने.क.पा (क्रान्तिकारी माअाेवादी) का उपाध्यक्ष शीलु न्याैपानेले जानकारी दिए ।
प्रशिक्षणमा ने.क.पा (क्रान्तिकारी माअाेवादी) का स्थायी समिति सदस्य सी.पि गजुरेल प्रमुख प्रशिक्षक रहने छन् भने पार्टीका केन्दीय सदस्य तथा अखिल(क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेल , उपाध्यक्ष शीलु न्याैपाने र महासचिव पेशल दाहालले विधार्थी नेता तथा कार्यकर्ताहरु प्रशिक्षित पार्ने बताए ।
वर्तमान समाजमा देखापरेका राजनैतिक परिस्थिति लगायत अनेक समस्या हलका विषय, समसामयीक परिस्थितिमा युवाहरुकाे भूमिका, अवसर , समस्याहरु तथा राष्ट्रघाती एम.सी.सि विरुद्ध सचेत रहि शसक्त आन्दोलनमा अब वामपन्थी,देशभक्त,क्रान्तिकारी,विधार्थीहरु पनि लाग्नु पर्ने,र साेहि कुरालाई मध्य नजर गरेर युक्त कार्यक्रमकाे आयोजना गरिएकाे बारे अखिल (क्रान्तिकारी)का उपाध्यक्ष शीलु न्याैपानेले हामी संगको कुराकानीमा बताउनु भयो ।