
काठमाडौं, १८ मंसिर | संविधानय् नेवा -स्वायत्ता राज्य अन्तरक्रिया कार्यक्रम टेकु स्थित श्रेष्ठ पार्टी प्यालेसमा सम्पन्ना भएको छ | प्रमुख वक्त्ताहरुका रुपमा पुर्व प्रधानमन्त्री तथा संघीय परिषद जसपा का अध्यक्ष डा. बाबुराम भट्टराई , अध्यक्ष केन्द्रीय सदस्य जसपाका उपेन्द्र यादव र संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्री राजेन्द्र श्रेष्ठ भए पनि अध्यक्ष उपेन्द्र यादव को अनुपस्थिति रहेको थियो |
कार्यक्रममा बोल्दै पुर्व प्रधानमन्त्री तथा जसपा अध्यक्ष डा. बाबुराम भट्टराईले अहिलेको संविधानले जनजाती हरुको हक अधिकार सुनिश्चित गर्न नसक्ने भन्दै आफ्नो अधिकार को लागि आझै धेरै संघर्ष गर्नु पर्ने बताउनु भयो | अन्तरक्रियाका क्रममा उठेको प्रश्नको जवाफ दिदै डा. भट्टराई ले भन्नु भयो नेवा स्वायत्ता राज्य बनाउन आफुले सक्ने कोसिस गरेको तर अरु पार्टी हरुले चासो नदिएका कारण सफल हुन नसकेको बताउनु भयो | अहिलेको संविधान आधा गीलाश पानी जस्तो रहेकोले यसलाई जोगाउदै थप भर्नु पर्ने र यसको लागि सबै एकजुट हुनु पर्ने बताउनु भयो |
त्यसै गरी अन्तरक्रियामा उठेको प्रश्नको जवाफ दिदै संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्री राजेन्द्र श्रेष्ठ नेवा -स्वायत्ता राज्य बनाउनका लागि आफुले सक्ने प्रयास गर्ने बताउनु भयो | मन्त्री श्रेष्ठ ले भन्नु भयो अबको अधिबेशनमा यस बिषयमा हामी संसदमा कुरा उठाउने छौ तर सडक बाट पनि यसको लागि संघर्स गर्नु पर्छ | सरकारमा आफ्नो पार्टीको बहुमत नभएको कारण थप संघर्स गर्नु पर्ने बताउनु भयो |