दोलखा सैलुङ गाउपालिकामा नेकपा माओवादी केन्द्र को सम्मेलन सम्पन्न |

काठमाडौँ | मङ्सिर १८ । नेकपा माओवादी केन्द्र सैलुङ गाउँपालिका कमिटीको अध्यक्षमा जित कुमार तामाङ सर्ब सहमत चयन भएको छ । शुक्रबार सम्पन्न पालिकाको प्रथम सम्मेलनबाट तामाङको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी सर्वसम्मत चयन गरिएको हो ।

समितिको चार उपाध्यक्षमा कर्ण बहादुर तामाङ,छोनाम्गेल तामाङ ,पर्बत तामाङ ,नारायण बिक्रम कार्की रहनुभएको छ । त्यसैगरी सचिवमा भैरब काफ्ले, सहसचिवमा सुबास तामाङ , सृजना बस्नेत र कोषाध्यक्षमा शिद्दी श्रेष्ठ चयन गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि माओवादी केन्द्र दोलखा जिल्ला इन्चार्ज देबि खडका ,विशेष अतिथि बागमती प्रदेश कमिटी सचिबालय सदस्य शंकर लामा,दोलखा जिल्ला प्रदेश १ सभासद विशाल खड्का, लगायत दोलखाका नेताहरुको सहभागिता रहेको थियो ।