शहिदभुमि धनकुटाले दलितसमुदायका ३६ जना विद्यार्थिलाई छात्रवृत्ति प्रदान,

शहिदभुमि गाउपालिका धनकुटाले एक कार्यक्रमका बिच गाउँपालिकाको दलित समुदायका विघार्थिहरूलाई छात्रवृत्ति प्रदान गरिएको छ । गाउपालिकाले कक्षा ११ र १२ मा अध्यनरत ३० र स्नातक तहमा अध्यनरत ६ जना गरि ३६ जनालाई १ लाख ४५ हजार बराबरको छात्रवृत्ति प्रदान गरिएको हो । गाउपालिकाको दलित विघार्थि छात्रवृत्ति वितरण छनोट समितिका संयोजक तथा कार्यपालिका सदस्य कुमार मंग्रान्तिको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मनोज राईले कक्षा ११ र १२ का दलित विघार्थिलाई जनही ३ हजार र स्नातक तहमा अध्यन गर्ने विघार्थिलाई जनही ८ हजारका दरले १ लाख ४५ हजार छात्रवृत्ति प्रदान गर्नुभएको थियो ।

पालिका अध्यक्ष राईले दलित विघार्थिहरूलाई छात्रवृत्ति प्रदान गर्नु हुदै हरेक क्षेत्रमा दलित समुदायलाई पछाडि पार्दै आईरहेको उद्हारण दिनु हुदै उहाँले त्यस्ता विभेद र उत्पीडनमा परेका समुदायलाई उकास्नका लागि शिक्षा क्षेत्रमा विकास गर्न आवाश्यक रहेको बताउनु भयो । पालिका भित्र बसोबास गर्ने दलित समुदायको शैक्षिक विकासका लागि प्रोत्साहान स्वरुप छात्रवृत्तिको व्यवस्था गरेको जानकारी दिनु भयो । आगामी दिनमा सकारात्मक तथा उच्च अंक ल्याउने गरि उपलब्धि हासिल गर्न पनि उहाले आग्रह गर्नुभयो ।

कार्यक्रममा गाउपालिकाको प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य , वडा सदस्य सोम राना मगर , एमाले पार्टी गाउपार्टी अध्यक्ष नीर बहादुर राई गाउशिक्षा समितिका संयोजक , शिक्षा शाखाका प्रतिनिधि वद्रि कार्की कर्मचारीहरू लगायतको उपस्थिति रहेको थियोे ।कार्यक्रमको सञ्चालन पालिका अध्यक्ष मनोज राईका स्वकीय सचिव केसव राईले गर्नु भएको थियोे ।