ललितपुर कांग्रेसमा चित्रकारको अग्रता, फेरी निर्वाचन हुने विजयी

काठमाडौ, ११ मंसिर

नेपाली कांग्रेसस ललितपुरमा रामकृष्ण चित्रकारले अग्रता लिएका छन् ।

आज सम्पन्न जिल्ला अधिवेसनमा दुई प्रतिस्पर्धीलाई पराजित गर्दै चित्रकारलेअग्रता लिएका हुन् ।

ललितपुर कांग्रेसका अनुसार १ हजार ३ सय ३२ मत मध्ये चित्रकारले ५ सय ४ मत प्राप्त गरेका थिए भने जितेन्द्रकुमार श्रेष्ठले ४ सय ८२ मत ल्याउँदा मिनकृष्ण महर्जन३ सय ३६ मतमा सिमित हुनु परेको थियो । खसेको मत मध्ये १० मत भने बदर भएको थियो । ५१  प्रतिशत मत नल्याएकाले पुनः मतदान हुनेछ ।