एमाले केन्द्रीय समिति बैठक अझै सुरु भएन

नेकपा एमाले केन्द्रीय समिति बैठक अझै सुरु भएको छैन । वर्तमान केन्द्रीय कमिटीको अन्तिम बैठक शुक्रबार बेलुकि ८ बजे बस्ने भनिएको भए पनि अझै सुरु हुन सकेको छैन ।

चितवनमा एमालेको १०औं महाधिवेशन जारी छ । ९औं महाधिवेशनबाट चुनिएको केन्द्रीय कमिटीको अन्तिम बैठक आज ८ बजे बस्ने भनिएको थियो ।

आज बेलुका ८ बजे सौराहस्थित होटल जंगल क्राउनमा बस्ने भनिएको बैठकमा अध्यक्ष केपी शर्मा ओली अझै नआएकाले बैठक नसकेको हो ।

तस्बिर : केन्द्रीय कमिटी बैठक स्थल होटल जंगल क्राउन सौराहा चितवन।