विप्लव नेतृत्वकाे नेकपाले मनायो पार्टी पुनर्गठन दिवस

सिन्धुपाल्चोक, ८ मंसिर | सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आठौँ पार्टी पुनर्गठन दिवसको उपलक्ष्यमा  बुधबार र्‍यालीसहित सभाको आयोजना गरेकोे छ ।

चौतारा बजारको भिन्तुनाचोकबाट निकालिएको र्‍याली मुख्य बजार हुँदै टुंडिखेलमा पुगेर सभामा परिणत भएकाे थियाे । र्‍यालीमा सहभागीहरूले ‘दलालहरु होसियार’, ‘एमसीसी मुर्दावाद’, ‘मूल्यवृद्धि खारेज गर’, ‘आदेश देउ विप्लव दाइ युद्ध गर्न तयार छौं’, ‘एकीकृत जनक्रान्ति जिन्दावाद’, जस्ता नारा लगाएका थिए ।