काठमाडौँ | पेट्रोलियम पदार्थ लगायत दैनिक उपभाेग्य वस्तुमा गरिएकाे मूल्यवृद्धि विरुद्ध अान्दाेलनरत ६ विधार्थी संगठनहरुले दाेस्राे चरणकाे अान्दोलन अन्तर्गत सबै दलका शिर्ष नेताहरुलाई ज्ञापन पत्र बुझाउने निर्णय अनुरुप मंसिर ३ गते ने.क.पा (क्रान्तिकारी माअाेवादी)का स्थायी समिति सदस्य सी.पी गजुरेललाई पार्टी कार्यलय कुपोन्डोलमा भेटि ज्ञापनपत्र बुझाएका थिए।

उक्त कार्यक्रममा मूल्यवृद्धि विरुद्ध सम्वन्धीपक्षहरु संग पहल गरि मूल्य घटाई दिन विधार्थी संगठनहरुले अनुराेध गरेका थिए।विर्धार्थीहरु पन्चायत विरुध सशक्त प्रतिराेध गर्दै हिडेकाे त्याे जीवित ईतिहासलाई एक पटक स्मरण गर्दै अान्दाेलन, अहिले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद सशक्त गर्दै लानु पर्ने र राष्ट्रिय स्वाधीनताकाे सवालमा अझै बढि केन्द्री भएर लग्नु पर्ने, एम.सी.सी सम्झौता विरुद्ध र जनता सवालमा पनि एक भएर अान्दोलन गर्नु पर्ने गजुरेलले बताउनु भएकाे थियाे।

यस्तै मंसिर ४ गते शनिबार विहान राष्ट्रिय जनमाेर्चकी उपाध्यक्ष दुर्गा पाैडेललाई जनमाेर्चाकाे कार्यलय कपनमा र ने.क.पा का महासचिव साेही दिन दिउँसो सामाखुसी अान्दोलनरत विधाथी संगठनहरुका अध्यक्ष,उपाध्यक्ष,महासचिव लगायत प्रतिनिधिहरुले भेटेरे पेट्रोलियम पदार्थ लगायत दैनिक उपभाेग्य वस्तुमा गरिएका मूल्यवृद्धि घटाउन अनुराेध सहित ज्ञापनपत्र बुझाएका थिए।

यस्तै मंसिर ५ गते पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद संधर्षरत ६ विधार्थी संगठनहरुले नेकपा (एकृकित समाजवादी)कन अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व मन्त्री/ सभामुख एव नेकपा(माअाेवादी केन्द्र) का प्रवक्ता कृष्णबहादुर महरा, र साझमा जसपाका संधिय परिषद अध्यक्ष एव पूर्व प्रधान मन्त्री डा.बावुराम भटराईलाई भेटि ज्ञापनपत्र बुभाएका छन्।

सबै नेताले मूल्यवृद्धि फिर्ता गर्न सरकार तथा अायल निगम संग छलफल गरि विधार्थी संगठनले मूल्यवृद्धि विरुद गरेकाे संधर्षलाई एक्यवद्धता जनाएका छन भने, मूल्य फिर्ता गराउन पहल गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन। अान्दाेलनरत विधार्थी संगठनहरुमा ने.क.पा ( क्रान्तिकारी माअाेवादी) निकट अखिल(क्रान्तिकारी ) का अध्यक्ष हरिकृष्ण गजुरेल ,नेकपा (माअाेवादी केन्द्र ) निकट अखिल(क्रान्तिकारी) अध्यक्ष पन्चा सिह,नेकपा समाजवादी निकट अनेरास्ववियु अध्यक्ष सुधेष पराजुली, जसपा समाजवादी विधार्थी युनियन अध्यक्ष रुपनारायण श्रेष्ठ , नेकपा निकट अखिल क्रान्तिकारी अध्यक्ष प्रकाश शाही नेकपा मसाल निकट अखिल छाैठाे अध्यक्ष देवेन्द्र कुवर हरुले नेतृत्व गरेकाे संगठनहरु मूल्यवृद्धि खारेजकाे लागि संघर्षरत छन।

भने मंसिर ७ गते आयल निगमलाई एक व्यक्ति एक रुपैया सडकमा संकलन गरि नेपाल आयल निगमलाई बुझाउने कार्यक्रम रहेकाे छ ।विधार्थीहरुकाे अान्दोलनलाई नेपाल सरकार गम्भीर तथा जिम्मेवार बाेध गर्नु पर्ने र अायल निगमले छिटो भन्दा छिटो मूल्यवृद्धि फिर्ता नगरे अब छिटै बैठक बसी तेस्रो चरणको अान्दोलन उदधाेष गर्दै सशक्त प्रतिराेधकाे कार्यक्रम सार्वजनिक गर्ने भन्दै नेकपा (क्रान्तिकारी माअाेवादी) निकट (अखिल क्रान्तिकार) कि उपाध्यक्ष शीलु न्याैपानेले जानकारी गराउनु भयाे।



