शहिदभुमि गाउँपालिका वडा नं ४ उत्कृष्ट कृषकलाई सम्मान तथा उन्नत जातको आलुको विउ वितरण

शहिदभुमि गााउपालिका वडा नं ४ खोकुले एक कार्यक्रमका बिच सर्वोत्कृष्ट ,उत्कृष्ट कृषकलाई सम्मान तथा उन्नत जातको आलुको विउ वितरण गरेको छ । एमाले जिल्ला पार्टी अध्यक्ष तथा संघीय प्रतिनिधि सभासदस्य राजेन्द्र राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ५२ कुइन्टल १४ केजि आलुको विउ वडा नं ४ का कृषकलाई वितरण गरिएको हो ।

कार्यक्रममा बोल्नु हुदै संघीय प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले जनताको जिवनमा परिवर्तन ल्याउन , अर्थिक रुपान्तरण गर्नका लागि कृषिक्षेत्रमा प्राबिधिक विषयलाई जोडदिनु पर्ने बताउनु भयो ।किसानलाई  कसरी व्यवसायीकरण र आधुनीकिकरण गर्न र कृषिमा आधुनिकीकरण ल्याउनका लागि एमाले पार्टीले सधै गम्भिर संग सोचेर काम गरिरहेको बताउनु भयो । साथै सहिदभुमिमा किसानको जिवन स्तरमा सुधार गर्नका लागि कृषि क्यामपसको व्यवस्था गर्ने बताउनु भयो ।

त्यस्तै कार्यक्रममा तरकारी उत्पादनमा सर्वोत्कृष्ट भएका ४ जना कृषक लाई सम्मान गरिएको छ । जस अनुसार जयकुमार राई,ओमप्रकाश खड्का, मित्र बहादुर राई र बिना राई रहेका छन् । त्यस्तै तरकारी उत्पादन गरेर उतकृष्ट भएका २५ जना कृषकलाई पनि सम्मान गरेका थिए ।

वडा नं ४ ले वडामा तरकारी उत्पादनमा कृषकलाई व्यवसायिक रुपमा तरकारी खेतिमा लाग्न थप प्रोत्साहान तथा तरकारी उत्पादन वृद्धि गर्नका लागि ३ लाख ६४ हजार ९ सय ८० रुपैया बराबरको उन्नतजातका खोकुको हावा पानी माटोमा खेति गर्न मिल्ने कार्डिनल जातको आलुको विउ खरिद गरेर वितरण गरिएको वडा अध्यक्ष भुपेन्द्र राईले जानकारी दिनु भयो ।

कार्यक्रममा वडा अध्यक्षहरु मल्सुराम राई, बम बहादुर राई , गााउपालिकाको प्रमुख प्रशाासकिय अधिकृत राजकुमार शाक्य  ,एमाले पार्टी गाउकमिटी अध्यक्ष निर बहादुर राई , शिक्षक होम बहाुर राईले मन्तव्य राख्नु भएको थियो ।